विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत बुधबार भएको हिसान क्रिकेटमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जुट मिल मैदान भएकोे पहिलो खेलमा शिक्षादिप कलेजले रेडस्टार कलेजलाई १५ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १७ रनकोे योगफल तयार पारेको थियो । शिक्षादिपका सत्यम सदामले सर्वाधिक २१ रनको योगदान दिए । रेडस्टारका आयुर अधिकारीले ४ विकेटले लिँदा सुधिर बस्नेतल ३ विकेट लिए ।

जवाफमा १ सय १७ रनको लक्ष्य पाएको रेडस्टारले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ रन मात्र जोड्न सक्यो । रेडस्टारका अविशेक विकले सर्वाधिक १८ रनको योगदान दिए । शिक्षादिपका प्लेयर अफ म्याच सोनु सिंहले ४ विकेट लिए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले कोवास कलेजलाई ९३ रनको फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९२ रनको विशाल योगफल तयार पारेको थियो । कान्तिपुरका प्लेयर अफ द म्याच शमभु मण्डलले ६१ रन बनाउँदा सन्तोष गुम्ताले ४१ रनको योगदान दिए । कोवासका अमरेश यादवले सर्वाधिक ५ विकेट लिए ।

जवाफमा १ सय ९३ रनको लक्ष्य पाएको कोवासले १५ दशमलव ५ बलमा सवै विकेट ९९ रनमा सिमित भयो । कोवासका राजित राजवंशीले सर्वाधिक १९ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा रामरतन यादवले पनि २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *