काठमाडौं । क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जनाएकी छिन् ।

खेल लिग कम नकआउट आधारमा खेलाइने छ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश : ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिनेछ । तीनदिने प्रतियोगिताका खेलहरु पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिजकै हातामा खेलाइनेछ ।

प्रधानाध्यापक दाहालले पछिल्लो समय फुटसलको बढ्दो लोकप्रियतालाई मध्यनजर गरी प्रतियोगिता आयोजना गरिएको बताउदै नयाँ प्रतिभावान खेलाडी पहिचान गर्न प्रतियोगिताले टेवा पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *