दक्षिणकालीमा कराते हुने

२०८२, ६ माघ सोमबार २१:३२

काठमाडौं ।  छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप तथा तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता माघ २३ र २४ मा दक्षिणकाली नगरपालिका वडा नं. १. चाल्नाखेलमा हुने भएको छ ।

विभिन्न तौलसमूहमा विभाजन गरी पुरुष र महिला नेपाली तथा विदेशीगरी जम्मा २०० खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलन गरी जानकारी गराए ।

सोमबार एक पत्रकार सम्मेलन गर्दै तेस्रो अन्तर्राष्ट्रिय, छैठौं मेयर कप राष्ट्रिय कराँते च्याम्पियनसीप हुने जानकारी दिएको हो । काठमाडौँमा आयोजना हुने उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताअन्तर्गत छैटौँ मेयर कप राष्ट्रिय तथा दशौँ केभिन रोहन मेमोरियल च्याम्पियनसिप र डान टेस्ट कार्यक्रम २०२६ पनि समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका सातै प्रदेशबाट करिब २०० खेलाडी विभिन्न डोजोबाट सहभागिता जनाउने छन् भने भारत, अस्ट्रेलिया र बंगलादेशका खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएको छ । सहभागी सबै खेलाडीलाई सम्मान स्वरुप मेडल वितरण गरिनेछ ।

क्योकुशिन अलाइट कराते संघ नेपालका प्रमुख बिनोद गुरुङ र संरक्षक कृष्ण गुरुङले आफ्नै गाउँमा अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन् ।

संरक्षक कृष्ण गुरुङलगायतले उक्त कार्यक्रम सम्पन्न गर्नको लागि आफुहरुको साथ सहयोग रहने जानकारी गराउँदै खेल सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागि शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियनका सचिव तथा  प्रेस संयोजक छायाचन्द्र भण्डारीले प्रतियोगितामा आफ्नो तर्फबाट भरपुर सहयोग रहने बताए ।

प्रतियोगितालाई सफल बनाउन प्रचारप्रसार संयोजक,मञ्च व्यवस्थापन संयोजक दिल बहादुर नगरकोटी, रघुवर नेपाल, अतिथि सत्कार संयोजक लिला थापा मगर, भोजन व्यवस्थापन संयोजक दिनेश कुमार नगरकोटी, प्रचार प्रसार संयोजक स्वयंसेवक परिचालक संयोजक राजेश तामाङ, कार्यक्रम संयोजक राम कुमार नगरकोटी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *