नेपाल र युएईबीचको दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ।

यी दुईबीचको खेल जुन ६ मा दशरथ रंगशालामा हुने तय थियो। तर, एसियाली फुटबल महासघंले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत थुप्रै कुरामा प्रश्न उठाएपछि खेल साउदीमा सारिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार खेल स्थानीय समयअनुसार साँझ ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *