विराटनगर । डाइनामिक क्रिकेट एकेडेमीले विराटनगर क्रिकेट लिगमा विजयी शुरुवात गरेको छ ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामिकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामिकका लागि रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।

यस टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो ।

कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामिकका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए । खेलमा प्लेयर अफ द म्याच डाइनामिकका विवेक झा घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *