समाज कल्याण खेलकुद केन्द्रविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै बामगमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थि एन्फा मुख्यालय मैदानमा मंगलबार बागमतीलाई जित दिलाउन सिर्जनराज गौतम र राज भुसालले गोल गरे । समाज कल्याणका लागि रोशन क्षेत्रीले गोल फर्काए ।

जितसँगै बागमतीले १० खेलमा २३ अंक जोडेको छ । पराजित समाज कल्याण समान खेलबाट १६ अंकका साथ चौथो स्थानमा छ ।

खेलको तेस्रो मिनेटमा सिर्जनको गोलमार्फत बागमतीले अग्रता लियो । ३४औं मिनेटमा रोशनले खेललाई बराबरीमा ल्याए ।

आयुश रानाले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ६७औं मिनेटमा बागमती १० खेलाडीमा सिमित भयो ।

इन्जुरी समयमा राजले गोल गर्दै बागमतीलाई २-१ को रोमाञ्चक जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *