एक्स्ट्रिम इनर्जी ड्रिंकको विश्वकप एक्स्ट्रिम ड्रिंक फ्यान र म्याक्स टाइगर इनर्जी ड्रिंकको विश्वकप म्याक्स टाइगर ड्रिंक फ्यान योजना सार्वजनिक गरिएको छ ।

यस योजनामा सहभागी भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालको एउटा खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले नेपालको १५ प्रमुख सहरमा आयोजना गर्ने ब्रान्ड प्रर्वधनको कार्यक्रममार्फत १५ जना र सामाजिक सञ्जालमार्फत २५ जना गरी कुल ४० विजेता छनोट गरिने जनाइएको छ ।

योजनामा सहभागी हुन एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको खरिद गरी फोटो वा भिडियो बनाएर फेसवुक वा इन्स्टाग्राममा #T20XtremeEnergydrink, #T20maxtigerEnergydrink राखी सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ ।

सहभागीमध्येबाट २५ विजेताको घोषणा एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणमा गोलाप्रथाबाट गरिनेछ भने बाँकी १५ विजेताको छनोट ब्रान्ड प्रर्वधनको कार्यक्रममै एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्ताबाट गोलाप्रथामा गरिनेछ ।

ब्रान्ड प्रर्वधनको कार्यक्रम हुने मुख्य सहर र स्थानसँग सम्वन्धी सम्पुर्ण जानकारी एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । योजना पुस १७ देखि माघ १६ सम्म लागू हुनेछ ।

यस योजनामार्फत एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको उत्पादक एग्रो थाई फुड्स प्रालिले उपभोक्तालाई उर्जा, उत्साह र अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *