काठमाडौँ । नेपाल भलिबल संघको आयोजनमा राजधानीमा जारी नवौं एनभीए महिल तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछ ।
जसमा महिलातर्फ हुने दिनको पहिलो खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले विभागीय टोली नेपाल एपीएफ क्लबसँग खेल्ने छ ।
यो खेल बिहान ९ बजेबाट सुरु हुनेछ । न्यु डायमन्ड समूह ‘ए’ को विजेता तथा एपीएफ ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा भेट् पक्का गरेका हुन् । यस्तै, महिलातर्फकै दोस्रो सेमिफाइनलमा दिउँसो १२ बजे विभागीय डर्बी हुँदैछ ।
जसमा साविक विजेता नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग खेल्नेछ । आर्मी समूह समूह ‘ए’ को उपविजेता तथा एपीएफ ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।
पुरुषतर्फ दिउँसो २ बजे हुने खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले क्वाटफाइनलमा कोशी प्रदेशलाई तथा हेल्प नेपालले बूढानीलकण्ठलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।
अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मीले रुकुम पश्चिमसँग दिउँसो चार बजे प्रतिस्पर्धा गर्ने छन् । रुकुमले एपीएफ तथा आर्मीले खिल्जीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
