नेपाली राष्ट्रिय महिला भलिबल टोलीले २० औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

जापानको आइचीस्थित पार्क एरिना कोमाकीमा हुने खेल नेपाली समयअनुसार बिहीबार अपराह्न ४ः०५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा आयोजक जापानसँग ३-० को सोझो सेटमा पराजित भएको नेपाल आज इन्डोनेसियाविरुद्ध सुधारिएको प्रदर्शनसहित सुखद नतिजाको खोजीमा हुनेछ ।

बुधबार भएको खेलमा विश्व वरीयतामा छैटौं स्थानमा रहेको जापानविरुद्ध नेपालले पहिलो सेट २५-८ ले गुमाएको थियो । दोस्रो सेटमा केही सुधार गरे पनि नेपाल २५-१२ ले पराजित भयो । तेस्रो सेट पनि नेपालले २५-११ ले गुमाएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *