क्रिकेट अम्पायर रविन्द्र गुप्ताले खेलप्रतिको आफ्नो समर्पण र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेका छन् । उनले आफ्नै व्यक्तिगत खर्चमा चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला नमूना मैदानमा भैइरहेको ईन्डो नेपाल टि-२० प्रतियोगितामा कार्यरत ग्राउन्ड स्टाफहरूलाई ज्याकेट वितरण गरेका छन् ।

प्रतियोगिता सफलतापूर्वक सञ्चालन हुनका लागि मैदानको तयारी, पिचको हेरचाह, आउटफिल्डको व्यवस्थापनदेखि लिएर मौसमको असरका बाबजुद निरन्तर खटिने ग्राउन्ड स्टाफको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । चिसो मौसममा समेत ग्राउन्ड स्टाफहरू बिहानदेखि साँझसम्म मैदानमै सक्रिय रहनुपर्छ । यही यथार्थलाई आत्मसात गर्दै अम्पायर गुप्ताले उनीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी ज्याकेट वितरण गरेका हुन् ।

रविन्द्र गुप्ताका अनुसार क्रिकेट केवल खेल मात्र होइन यसले आपसी सम्मान सहयोग र मानवता सिकाउँछ। “मैदानमा देखिने खेलाडी र अम्पायरजत्तिकै मैदानलाई खेलयोग्य बनाउने ग्राउन्ड स्टाफको योगदान पनि बराबर महत्वपूर्ण छ,” उनले बताएका छन् ।

उनको यस कदमको खेलकर्मी, खेलप्रेमी तथा सम्बन्धित सबै पक्षले खुलेर प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *