केन्याली धाविका बिट्रिस चेबेटले महिला १० किलोमिटर दौडमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् ।

चेबेटले अमेरिकामा जारी प्रिफन्टेन क्लासिकमा २८ मिनेट ५४.१४ सकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरेकी हुन् ।

चेबेटले इथियोपियाली धाविका लेटेसेन्बेट गिडेको कीर्तिमान तोडिन् । गिडेले सन् २०११ मा २९ मिनेट १.०३ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन् ।

यसअघि चेबेटले ५ किलोमिटरमा पनि विश्व कीर्तिमान कायम गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *