विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्र स्कल विजयी भएको छ ।
विहिबार भएको खेलमा महेन्द्रले बुढानिलकण्ठ स्कुललाई ६ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको बुढानिलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ८६ रनको योगफल तयार पारेको थियो ।
जस्मा निशान्त कनोजिया सर्वाधिक २१ रनको योगदान दिए । महेन्द्रका प्लेयर अफ म्याच बादल रायले सर्वाधक ३ विकेट लिए । जवाफमा ८७ रनको विजयी लक्ष पाएको महेन्द्रले १३ दशमलव २ बलमा ४ विकेटको क्षतिमा सो लक्ष पार गरेको थियो। जस्मा अरुण मण्डले सर्वाधिक अविजित ४७ रनको योगदान दिए । बुढानिलकण्ठका संस्कार मिश्राले सर्वाधिक २ विकेट दिए ।
