यहि सन् २०२५ को डिसेम्बर ४ तारिखदेखि १४ तारिखसम्म दुबईमा जारी आईबा मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपको हिजो भएको पाचौ दिनको खेलमा  नेपालका लाल प्रसाद उप्रेतीले ४८ किलो तौल समुहमा माल्युदोभाका खेलाडी माथि युनानिमस जीत हासिल गरेका छन् ।  

पहिलो  राउन्ड देखिनै निकै कन्फिडेन्टका साथ खेल्दै १०–०९ क्लियर डीसिजन को लीड गर्दै ५ः० मा अग्रता हासिल गरे । दोश्रो राउण्डमा ४ः१ को अग्रतालाई कायम गरे भने तेश्रो राउन्डमा पनि पोरोम्बोकका प्रायः सबै पन्चहरूलाई डकिड गर्दै क्लियर क्वालिटि पन्चहरूको बर्षा गर्दै ५ः० अग्रतालाइ कायम गर्दै युनानिमस डिसिजनमा शानदार जीत हासिल गरि क्वाटरफाइनलमा प्रवेश गरेको छन् ।

यसअघि  लाल प्रसाद उप्रेतीले ईथोपियाका अलेमु अबेल अबात्येलाई युनानिमस डिसिजन ५ः० को आधारमा पराजित गर्दै विजयी शुरुवात गरेका थिए ।

यस अघि महिला तर्फमा भने बिस्व च्याम्पियनशिपमा दुइ देशलाई जितेर अन्जनि तेलीले ईतिहास कायम गरेकी थिइन भने पुरुष तर्फ क्वाटर फाइनलसम्म को यात्रा गर्ने उप्रेति रहेका छन् अर्का खेलाडी चन्द्र थापाको भिडन्त आज डीसेम्बर ९ तारिखमा अर्मानियाका मुक्केबाज शीत हुनेछ  अब हुने खेलमा लालले बिजय हासिल गरेमा कम्तिमा पनि ७५ हजार डलर नेपाली रूपैया एक करोड आठ लाख रकम जित्ने छन् .आइबाले उक्त बिस्व च्याम्पियनशिपमा बिजेता लाई तिन लाख डलर, उप बिजेतालाई एक लाख पचहत्तर हजार डलर र तृतीय हुने दुइ जनालाई पाच हत्तर हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *