दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एक खेल हुँदैछ ।
त्रिवि मैदान कीर्तिपुरमा आइतबार अपराह्न साढे ३ बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलमा तीन खेल जितेको छ । छ अंकका साथ काठमाडौँ तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेल खेल्दा एक खेल मात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।
