आयोजक भिन्छेबहालका रोनिश बज्राचार्य पाटनमा जारी १५ औं यल कपको ब्वाइज यु-१५ तर्फ अन्तिम आठमा प्रवेश गरेका छन् । बज्राचार्यले कोन्टीका ज्यान खड्गीलाई २१-१०, २१-१० को सोझो सेटमा पराजित गरे ।
ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको ब्वाईज तर्फ पिन्छेबहालका सुशिल मजर्हन र भिन्छेबहालका सशन बज्राचार्य पनि क्वाटरफाईनल प्रवेश गरेका छन् । महर्जनले ओकुबहालका युभान शाक्यलाई २१-५, २१-१३ र सशनले ओकुबहालका उस्मिन शाक्यलाई २१-११, २१-८ ले पराजित गरेका हुन् ।
यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रममा आरुष धाख्वाले नाबहालका न्हुजा शाक्यलाई २१-१८, १७-२१, २१-१९, नागबहालका अर्हत शाक्यले भिन्छेबहालका निर्भिक बज्राचार्यलाई १५-२१, २१-१६, २१-१७ र ओकुबहालका आरभ शाक्यले कोन्टीका बिशेष खड्गीलाई २१-१४, २१-१२ ले पराजित गरे ।
