नेशनल प्याथ ल्याब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘मेडिकल’ पार्टनर बनेको छ ।
सुदूरपश्चिम रोयल्स र नेशनल प्याथ ल्याबबीच शुक्रबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेशनल प्याथ ल्याबका प्रबन्ध संचालक पवन जोशीले हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले नेपालकै प्रतिष्ठित ल्याबसँग साझेदारी गर्न पाउदा खुशी भएको बताए ।
‘नेशनल प्याथ ल्याबसँग सम्झौता गर्न पाउँदा धेरै खुशी छौं,’ खड्काले भने, ‘यो सम्झौताले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश मिल्नेछ ।’
नेशनल प्याथ ल्याबका प्रबन्ध संचालक पवन जोशीलेले यो साझेदारीलाई स्वास्थ्य क्षेत्रका लागि सुखद पक्ष भएको बताए ।
जोशीले भने, ‘नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले स्वास्थ्यको क्षेत्रमा राम्रो सफलता मिल्नेछ । ल्याबको तर्फबाट टिमलाई उत्कृष्ट प्रदर्शनको लागि शुभकामना।’
सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन ।
मुख्य प्रशिक्षकः जगत टमटा
