टोप्स बास्केटबल सुरु

२०८२, २८ कार्तिक बिहीबार २०:०१

काठमाडौँ । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

पहिलो दिने ब्वाइजमा तेजस्वी एकेडेमी, बेलमोन्ट, वेद्वयास, ल्यानडमार्क एकेडेमी, गण्डकी, नवोदित, स्वर्णदीप र लालीगुराँस विद्याकुञ्जले जित निकाले । गल्समा संस्कृति, तेजस्वी, ल्यान्डमार्क, ह्वाइट हेभेन र गण्डकीले सफलता पाए ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । ल्यान्डमार्क एकेडेमीको संयोजनमा भइरहेको प्रतियोगिताको ब्वाइज १४ तथा गल्समा ८ टिम सहभागी छन् । प्रतियोगिता ल्यानडमार्कमै भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *