काठमाडौं । वडा नं ४, वडा नं ११, वडा नं १३ र वडा नं १४ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भइरकेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो क्वाटरफाइनलमा वडा नं १३ ले वडा नं २४ लाई सजिलै ५-० ले हरायो ।

सो खेलमा विकेश शाहीले ह्याट्रिक गरे । अन्य गोल अभय राना र आसिस कपालीको नाममा रह्यो । तीन गोल गर्ने विकेश म्यान अफ दि म्याच घोषित भए। दोस्रो क्वाटरफाइनलमा वडा ६ ले वडा १४ लाई १-० ले पराजित गर्यो । सो खेलमा केशव भण्डारीको गोल निर्णायक बनेको हो ।

केशव नै म्यान अफ दि म्याच चुनिए। तेस्रो क्वाटरफाइन वडा नं ४ ले वडा नं ३ विरुद्ध कठिन १-० को जित हात पार्यो । विक्रान्त नरसिंह रानाको गोलले वडा नं ४ विजयी भएको हो । विक्रान्तले म्यान अफ दि म्याचको पुरस्कार पाए ।

चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा ११ ले गत विजेता वडा १६ को चुनौती १-० ले नै समाप्त पार्यो । सो खेलमा म्यान अफ दि म्याच बनेका विराज महर्जनले गोल गरेका थिए ।

शुक्रबार पहिलो सेमिफाइनल वडा १३ र वडा १४ बिच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा ४ र वडा ११ बिच बिहान ९ बजे हुनेछन् ।

प्रतियोगिताको समापन शनिबार हुनेछ । विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ ।

यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *