सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ४१औं गभर्ननर्स गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

नोभेम्बर १७ देखि २९ सम्म सिक्किमको गाङतोक स्थित पाल्जोर रंगशालामा हुने प्रतियोगितामा चर्च ब्वाईजले भने सिधै क्वाटरफाइनल खेल्नेछ । अर्थात चर्च ब्वाइजले नोभेम्बर २३ मा सेमिफाइनल प्रवेशका लागि खेल्ने छ ।

प्रतियोगितामा इन्डियन सुपर लिग (आईएसएल), आई लिग, कोलकाता लिगसहितका १६ टिमले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् । 

पछिल्लोपल्ट गर्भनर्स गोल्डकपको उपाधि जित्ने नेपाली टिम मनाङ मर्स्याङ्दी हो । उसले सन् २०१८ मा भएको ३८औं संस्करणको फाइनलमा आर्मी रातोलाई १–० ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *