साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले आफ्नो विजयी यात्रा जारी राखेको छ ।
शनिबार राति सम्पन्न आठौँ साताको खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
नासरको जितमा एंगेलो गाब्रियल, क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरे । त्यस्तै नेओमका लागि एक गोल अहमद अबडो जाबेरले गरे । यस खेलमा लुसियानो रोड्रीगेजले खेलको ५६औं मिनेटमा रातो कार्ड पाएपछि नेओम १० खेलाडीमा सिमित भएको थियो ।
जितसँगै अल नासरले आठ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ । नेओमको समान खेलबट १३ अंकसहित सातौं स्थानमा छ ।
