म्यान्चेस्टर सिटीविरुद्ध गत वर्षको बदला लिंदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ।

वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो।

प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो।

अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २-० गोल अन्तरको अग्रता दिलाएका थिए।

खेलको ३० औं मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको गल्तीका कारण गार्नाचोले गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाए।

३९औं मिनेटमा माइनूले दोस्रो गोल थपे। उनले ब्रुनो फर्नान्डिसको पासमा गोल गरे। ८७ औं मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याएका थिए। तर, त्यसपछि सिटी खेलमा फर्किन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *