काठमाडौँ । एभीएमका प्रजिल भट्टराईले तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताको जुनियर यु-१९ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रजिलले एभीएमकै जयस्नु महर्जनलाई ११-८, ११-८, ७-११ र ११-५ को सेटमा पराजित गरे । सो स्पर्धाको गल्समा होप्स टेबलटेनिस एकेडेमीकी योङगी पौडेलले स्वर्ण जितेकी थिइन् ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजना तथा शशि-कल्यण कल्याण कोषको प्रायोजनमा भएको प्रतियोगितमा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । क्याडेटको यु-१५ ब्वाइज सिंगल्समा यलका रिजन शाक्य तथा गल्समा एभीएमकी अर्सना महर्जन पहिलो भएका थिए ।
विजेतालाई प्रायोजक कोषका संरक्षक कल्याणराज पाण्डे, आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय ३५ खेलाडी सहभागी थिए ।
