काठमाडौं । प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको दोहोरो उपाधि शाम्भवी स्कुल बत्तीसपुतलीले जितेको छ ।

सोमबार भएको वडा स्तरीय प्रतियोगिताको फाइनलमा छात्रा र छात्रतर्फको उपाधी शाम्भवी स्कुलले शिक्षान्तर स्कुललाई हराएर जितेको हो । शाम्भवीले छात्रा तर्फ १-० गोलले छात्र तर्फ ७-२ गोल अन्तरले पराजित गर्दै दोहोरो उपाधिमा कब्जा जमाएको हो ।

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको काठमाडौं महानगरपालिकाको ९ नम्बर वडा कमिटीले विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको थियो ।

विद्यालय स्तरमा प्रतियोगिता आयोजना गर्दा बालबालिकाहरुलाई खेलकुदमा भविष्य बनाउन प्रेरणा प्रदान गर्ने हुँदा युवा संघ प्रती आभार व्यक्त गर्दै आगामी दिनमा थप जिम्मेवार भएर खेलकुद गतिविधिमा लगानी गर्ने काठमाडौं महानगरपालिका वडाध्यक्ष रामजी भण्डारीले ध्यान दिदै अभिभावकत्व दिने बताए ।

प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजेता, उपविजेता, र तेस्रो हुने टिमले क्रमश १० हजार, पाँच र तीन हजार नगत रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीको छात्रा तर्फको ट्रफी शाम्भवी स्कुलकी रेखा थापाले जित्दा सोही स्कुलका छात्रा विकास मुखियाले छात्र तर्फको ट्रफी जिते । अन्तर विद्यालयका विजेता टिम र खेलाडीहरुलाई काठमाडौं महानगरका वडाध्यक्ष रामजी भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

अन्तर विद्यालयबाट भविष्यका लागि खेलाडी तयार गर्न सजिलो होस् भन्ने उदेश्यले माहोल निर्माण गर्न विद्यालय स्तरका प्रतियोगिताले महत्त्वपूर्ण भुमरी खेल्ने भएकाले आगामी वर्षहरुमा थप खेलहरुलाई समावेश गर्दै प्रतियोगितालाई निरन्तरता दिने राष्ट्रिय युवा संघ काठमाडौंको वडा नम्बर ९ का सचीव विशाल राजभण्डारीले बताए ।

गौशाला स्थित आर्किट स्कुलको फुटसलमा सम्पन्न प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगितामा १२ विद्यालयको सहभागी थियो । प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *