बंगलादेशका सकिब अल असन विश्वक क्रिकेटकै उत्कृष्ट अलराउन्डरमा पर्छन् । बंगलादेशले अहिलेसम्म पाएको सबैभन्दा उत्कृट खेलाडी सकिब लामो समयसम्म अन्तराष्ट्रिय क्रिकेटका तीनै फर्म्याटमा अलराउन्डर वरियतामा शीर्ष स्थानमा थिए।
तिनै सकिब आसन्न टि-२० विश्वकपमा नेपालविरुद्ध खेल्दैछन्। नेपाल र बंगलादेशबीचको खेल जुन १७मा सेन्ट भिसेन्टमा हुनेछ।
बंगलादेश र नेपाल दुवै टिम अहिले अमेरिकामा विश्वकपको तयारी गरिरहेका छन्। बंगलादेशले अमेरिकासँग ३ खेलको टि-२० सिरिज खेलिरहेको छ। जसमा सुरुआती २ खेलमा बंगलादेश पराजित भएको छ।
सकिबले पछिल्लो समय नेपाली क्रिकेटलाई आफूले पनि फालो गरिररहेको बताए। पत्रकारहरुसँग उनले अघिल्लो महिना वेस्टइन्डिज ए विरुद्धको नेपालको खेल हेरेको बताए।
उनले नेपाली टिमको प्रसंशा गर्दै पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको बताए। उनले भने, ‘मैले वेस्टइन्डिज ए’ र नेपालबीचको सिरिज हेरेको थिएँ। नेपालले साँच्चै राम्रो खेलेको थियो।’
अमेरिकासँगको दोस्रो हारपछि सकिबले टि-२०मा सबै टिम बराबर भएको बताउँदै जसले जसलाई पनि हराउन सक्ने बताए।
‘टि-२० मा जे पनि हुनसक्छ। त्यो दिन कस्ले राम्रो प्रदर्शन गर्छ त्यसमा भरपर्छ। कसैलाई कमजोर आक्न सकिंदैन्,’ उनले भने, ‘१-२ ओभरले खेलको मोमेन्टस् र पूरै खेलको सिनारियो परिवर्तन गर्छ।’
विश्वकपमा हरेक खेल हरेक टोलीलाई कठिन र दबाब पनि फरक हुने सकिबले बताए।
