आगामी जुनमा अमेरिक र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपको अन्तिम तयारीका लागि अमेरिकामा रहेको नेपाली टोलीले अमेरिकामा पहिलो अभ्यास खेल आज खेल्दैछ ।
नेपालले आफ्नो पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले स्थानिय ह्युस्टन हरिकेन्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुका सवा नौ मा सुरु हुनेछ ।
नेपाली टिमका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँगको २ अभ्यास खेल गुमाउने भएका छन् । खुट्टाको एंकलको चोटका कारण उनले अभ्यास म्याच गुमाउने भएका हुन् ।
दीपेन्द्र फिट हुन अझै दुई-तीन लाग्ने कप्तान रोहितकुमार पौडेलले जानकारी दिए । रोहितले भने ‘दीपेन्द्रले ह्युस्टन हरिकेन्ससँग पहिलो खेल खेल्न गाह्रो छ । किनभने ठिक हुन २/३ दिन समय लाग्छ । त्यसपछि उनी मैदान फर्किनेछन्’,।
दीपेन्द्रले २७ र ३० मेमा हुने वार्मअप खेल र विश्वकपको म्याच भने खेल्नेछन् । विश्वकपको तयारीस्वरूप नेपालले ह्युस्टनसँग अभ्यास म्याच खेल्न लागेको हो । विश्वकपमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।
