डिएभीलाई आरआरए क्रिकेट उपाधि

२०८२, ३० श्रावण बिहीबार १८:४४

काठमाडौँ । डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार सम्पन्न फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्यो । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाए ।

पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रनको योगफल खडा गर्यो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ तथा फरहान अन्सारीले ६ बलमा ११ रन जोडे । बलिङतर्फ एलआरआईका कप्तान अभी थपलियाले ३ विकेट लिए ।

जवाफमा एलआरआई ९.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो । एलआरआईका अभीले ६ रन जोडे । बलिङमा प्रसिद्ध जैसीले ३ तथा कमल शाहीले २ विकेट हात पारे ।

प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १ सय ३५ रन बनाउनुका साथै ८ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याट्सम्यान चुनिए। एलआरआईका अभी थपलिया उत्कृष्ट बलर बने।

विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *