अपी सेमिफाइनलमा

२०८२, २९ श्रावण बुधबार २०:०७

काठमाडौं । अपी स्कुल प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । अपी सेमिफाइनल पुग्ने पहिलो टोली हो ।

सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको १० ओभरको खेलमा अपीले बालकुञ्जलाई ६ विकेटले पराजित गर्यो । अपीका युगान्त कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।

बाँकी ३ क्वाटरफाइनल डिएभी र मोक्षदा, गेट्द्वे एकेडेमी र एलआरआई तथा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ र विश्व निकेतनबीच हुनेछ ।

आयोजकको २ सहित १५ छात्र टिमको सहभागिता रहेको प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *