ललितपुर । ठण्दर्बोल्ट्स डेभलपमेन्ट सेन्टरले आयोजनामा जारी नेपाल स्कुल फुटबल-१८ लिगमा आज भएको खेलमा डीएभी स्कुल र एलए स्कुल विजयी भएका छन् ।

जेम्स ठण्दर्बोल्ट्सको मैदानमा भएको पहिलो खेलमा डीएभी स्कुल (डीएभी डाफेज) र कंजीरोवा स्कुलबीच भएको थियो । उक्त खेलमा डीएभी स्कुल २-० ले विजयी भयो । डीएभीका लागि २१औं मिनेटमा सन्योग सारु मगर र ३०औं लमनेटमा सम्बेग थापाले गोल गरे ।

यस्तै दोस्रो खेलमा रातो बंगला स्कुल (रेड पाण्डाज) र एलए स्कुलबीच प्रतिस्पर्धा भएको थियो । खेलमा एलए स्कुल २-५ गोलले विजयी भयो ।

रातो बंगला स्कुलका लागग २८औं मिनेटमा एरन प्रधान र ३०औं लमनेटमा परिबेश खतिवडाले गोल गरे । एलए स्कुलका लागि ७औं र ३३औं मिनेटमा अनुप खत्री, १०औं मिनेटमा देर्ब राज कटिाल, र २२औं मिनेटमा विगुल पोखरेलले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *