यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ।

डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३-० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो। अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे। उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल थपे।

पहिलोपल्ट फाइनल पुगेको अवसरमै एटलान्टाले उपाधि चुम्न सफल भएको हो। एटलान्टाले ६१ वर्षमा पहिलो पटक उपाधि जित्न सफल भएको हो।

यता, पहिलोपल्ट नै युरोपा लिगको फाइनल खेलेको लिभरकुसन भने उपाधिबाट वञ्चित बन्यो।

एटलान्टासँगको हारसँगै जर्मन च्याम्पियन लिभरकुसेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ। लिभरकुसेन यो सिजन ५१औं खेलसम्म अपराजित रहेको थियो। २७ मे २०२३ को जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३-० ले पराजित भएयता लिभरकुसेन अपराजित थियो। जसमा ४२ खेलमा जित र ९ खेलमा बराबरीको नतिजा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *