अस्ट्रेलियाले पहिलो टेस्टमा घरेलु टोली वेस्ट इण्डिजलाईआज १ सय ५९ रनले पराजित गरेको छ ।
पाहुना टोलीले ३ टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज १ सय ४१ रनमा समेट्यो ।
वेस्ट इण्डिजका शेमार जोसेफ सर्वाधिक ४४ रनमा बनाए। जस्टिन ग्रेभ्स ३८, जोन काम्पबेल २३ तथा केसी कार्टी २० रनमा आउट भए
अस्ट्रेलियाका लागि जोस हेजलवुडले १२ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नाथन लायनले २ तथा मिचेल स्टार्क र प्याट कमिसंले समान १ विकेट लिए ।
अस्ट्रेलिया पहिलो इनिङमा १० रनले पछि परेकोमा दोस्रो इनिङमा ३ सय १० रन थप्दै समग्रमा ३ सय रनको अग्रता लिएको थियो ।
दोस्रो इनिङमा अस्ट्रेलियाका लागि एलेक्स क्यारी ६५ रनमा बनाए । बेयू वबस्टार ६३, ट्रभिस हेड ६१, जोस इङ्ग्लिस १२, मिचेल स्टार्क १६ तथा उस्मान ख्वाजा र क्यामरुन ग्रिन समान १५ रनमा आउट भए ।
वेस्ट इण्डिजका लागि शेमार जोसेफले २५.५ ओभरमा ८७ रन खर्चिएर ५ विकेट लिए । अल्जारी जोसेफले २ तथा जयडेन सेल्स, जस्टिन ग्रेभ्स, रोस्टन चेसले समान १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा १ सय ८० रनमा समेटिएको थियो । अस्ट्रेलियालाई सस्तैमा अल आउट गरेको वेस्ट इण्डिजले पहिलो इनिङमा १ सय ९० रन जोड्दै १० रनको अग्रता बनाएको थियो । दोस्रो टेस्ट बिहीवार सुरु हुनेछ ।
