बोरुसिया डर्टमुण्डले अमेरिकामा जारी क्लब विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ ।

दक्षिण कोरियाली क्लब उल्सान एचडीलाई १-० ले हराएपछि समूह एफको विजेता बन्दै डर्टमुण्ड अन्तिम १६ मा पुगेको हो ।

निको कोभाचको टोली सिन्सिनाटीमा भएको समूह चरणको अन्तिम खेलमा मैदान उनँदा, नकआउट चरणमा पुग्नका लागि बराबरी नतिजा नै पर्याप्त हुने स्थिति थियो ।

बैंक अफ अमेरिका स्टेडियममा ३६औं मिनेटमा डानियल स्वेन्सनको गोलमा डर्टमण्डले अग्रता लिएको थियो । उनलाई जोब बेलिङहमले पास दिएका थिए ।

समूह एफकै अर्को खेलमा, ब्राजिलको फ्लुमिनेन्सेले दक्षिण अफ्रिकी क्लब ममेलोडी सन्डाउन्ससँग गोलरहित बराबरी खेल्दै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

डर्टमुण्डले ७, फ्लुमिनेन्सले ५, सन्डाउन्सले ४ अंक बटुल्दा उल्सान अंक विहिन रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *