विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

बुढीगंगा गाउँ युवा परिषदको आयोजनामा हुने उक्त प्रतियोगिता असार १३ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गाउँपालिकाका सातवटै वडासहित बुढीगंगा स्कुल टिम गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता नकआउट आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर ३ र वडा नम्बर ६ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो चरणका खेलहरु बुढीगंगा–६ स्थित सुक्चौर खेल मैदानमा हुनेछन् । यस्तै, सेमिफाइनल चरणका खेलहरू बुढीगंगा–५ स्थित कर्मबिर माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ । फाइनल भने सुक्चौर खेल मैदानमा असार २१ गते शनिबार हुने छ ।

खेलाडीहरूको आत्मबल अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बुढीगंगा गाउँ युवा परिषदका संयोजक क्षितिज थापा मगरले बताए । उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *