रोबर्टो मार्टिनेजले युरो कपका लागि पोर्चुगलको टोली घोषणा गरेका छन्। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा जर्मनीमा हुने समर टुर्नामेन्टअघि पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो।

टोलीमा पोर्टोका ४१ वर्षीय डिफेन्डर पेपेपनि समेटिएका छन्। उनको यो करिअरकै नवौँ ठूलो प्रतियोगितामा हुने छ। उनीबाहेक ब्रुनो फर्नान्डिज र डियोगो डालोटसँगै बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सासहित प्रिमियर लिगको प्रतिनिधित्व गर्दै आएका खेलाडी टोलीमा समेटिएका छन्।

यद्यपि, म्यानचेस्टर सिटीका मिडफिल्डर माथेयस नुनेसले भने टोलीमा स्थान बनाउन सकेनन्। इतिहादमा आफ्नो पहिलो सिजनमा उनले इङ्लिस च्याम्पियनका लागि विरलै खेल्ने अवसर प्राप्त गरेका थिए। अनुभवी लेफ्ट ब्याक राफेल गुएरेरो र रोमाका रेनाटो सान्चेस पनि टोलीमा अटाएका छैनन्।

पोर्चुगलले युरो कपअघि फिनल्यान्ड, क्रोएसिया र रिपब्लिक अफ आयरल्यान्डसँग तीन मैत्रीपूर्ण खेल खेल्ने छ। चेक रिपब्लिकसँग खेल्दै पोर्चुगलले युरो कपको शुरूआत गर्ने छ।

पोर्चुगलको टोली :

गोलरक्षकः डियोगो कोस्टा, जोस सा, रूई पैट्रिसियो

डिफेन्डरः एन्टोनियो सिल्भा, डेनिलो परेरा, डियोगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे, रुबेन डायस

मिडफिल्डरः ब्रूनो फर्नान्डिस, जोआओ नेवेस, जोआओ पाल्हिन्हा, ओटावियो मोन्टेइरो, रुबेन नेवेस, विटिन्हा

फरवार्डः बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डियोगो जोटा, फ्रान्सिस्को कोन्काओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो, राफेल लिओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *