लिभरपुलको मुख्य प्रशिक्षकमा अर्ने स्लट नियुक्त हुने भएका छन्। लिभरपुलले उनलाई योर्गेन क्लोपको स्थानमा नियुक्त गर्ने भएको छ।

उनले औपचारिक रूपमा १ जुनमा आफ्नो भूमिका सम्हाल्ने एपीले जनाएको छ। उनको सम्झौता सन् २०२७ सम्म चल्ने छ। ‘सम्झौताबारे थप कुरा सार्वजनिक गरिएको छैन,’ लिभरपुलसँग नजिक रहेका एक व्यक्तिले एपीलाई भने।

गत उनले अप्रिलमा लिभरपुलसँग कुराकानी भइरहेको बताएका थिए। गत साता पनि उनले क्लोपको उत्तराधिकारी बन्ने घोषणा गरेका थिए। ४५ वर्षीय नेदरल्यान्ड्सका प्रशिक्षकस्लटले केही समय लिभरपुल सम्हाल्ने अपेक्षा गरिएको थियो।

स्लटले २०२१ देखि फेयनोर्डलाई प्रशिक्षण दिइरहेका थिए। त्यसभन्दा अगाडि उनी एजेड अल्कमारमा आबद्ध थिए।

क्लोपले जनअरीमा सिजनको अन्त्यमा लिभरपुल छोड्ने घोषणा गरेका थिए। उनले सन् २०१९ मा च्याम्पियन्स लिग, २०२० मा प्रिमियर लिग र २०२२ मा इ‌ङ्लिस लिग कप र एफए कप जिताएका थिए। फेब्रुअरीमा उनले लिग कप पनि जितेका थिए।

उनको प्रशिक्षणमा लिभरपुलले युईएफए सुपर कप र क्लब विश्वकप पनि जितेको थियो। यद्यपि, दुई च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *