ग्रासरूट क्रिकेटको विकासमा सक्रिय योगदान दिँदै आएको काठमाडौं जिल्ला क्रिकेट संघले यो क्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

नेपाली क्रिकेट विकासमा अतुलनीय योगदान दिनु भएका नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष तथा नेपाली क्रिकेटका भिष्मपितामहको उपनामले परिचित जयकुमारनाथ शाहको सम्झनामा २०८१ देखि प्रारम्भ गरिएको स्कुलस्तरीय प्रतियोगिता यस वर्ष बैशाख २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता काठमाडौंको तल्लो मुलपानी, माथिल्लो मुलपानी र त्रिवि मैदानमा आयोजना हुने आयोजकले जानकारी गराएको छ । प्रतियोगितालाई यस वर्षको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिएका छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू-१६ टोलीको छनोटका लागि अवसर दिइनेछ। गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बन्न सफल भएको थियो । त्यस्तै मोक्षदा स्कुल उपविजेता भएको थियो ।

पहिलो संस्करणमा १६ स्कुलहरुले सहभागिता जनाएकोमा यस वर्ष अर्थात दोश्रो संस्करणमा २१ वटा स्कुलले सहभागिता दिने निश्चित भएको छ । समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिताका कुल २८ खेल संचालन हुने छन्, । जस मध्य सेमिफाइनल र फाइनल खेल काष्टमण्डप टेलिभिजनबाट प्रतक्क्ष प्रशारण हुने छ ।

सहभागी विद्यालयहरुमा रेडियन्ट रिडर्स एकेडेमी, मोक्षदा स्कुल, रत्न राज्य स्कुल, विसडम इंग्लिस एकेडेमी, भ्याली पब्लिक हायर सेकेन्डरि स्कुल, एन्जल हर्ट्स सेकेनडरी स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, अपी स्कुल, अक्षरा स्कुल, पिक प्वाइन्ट एजुकेसन नेटवोर्क एकेडेमी, नेपाल पुलिस स्कुल, त्रियोग हाइस्कुल, क्रिएटिभएकेडेमी, गेटवे एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, जेम्स स्कुल, डिएभी शुसिल केडीया विश्व भारती स्कुल र एलआर आई स्कुल रहेका छन् ।

विजेता टोलीले १ लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले १०, हवार र उत्कृष्ट बलर र इमर्जिङ खेलाडीले जनही ५ हजार प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको अनुमानित बजेट १६ लाख ३५ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *