राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ को प्लेअफ होडबाट बाहिरिएको छ ।

आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्ससंग १ रनको हार बेहोरेसँगै राज्स्थान २ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको हो ।

कोलकाताले दिएको २०७ रनको लक्ष्य राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्याे ।

राजस्थानका लागि कप्तान रियान परागले सार्वधिक ९५ रन बनाए । उनले ४५ बलमा आठ छक्का र ६ चौका प्रहार गरे । यस्तै, यशस्वी जैसवालले ३४, शिमरोन हेटमायरले २९, शिवम दुबेले अविजित २५ र जोफ्रा आर्चरले १२ रन जोडे ।

कोलकाताका लागि वरुण चक्रवर्ती, हर्षित राना र मोइन अलीले समान २ तथा वैभव अरोराले १ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २०६ रनको योगफल तयार पारेको थियो ।

कोलकाताका लागि आन्द्रेले रसेलले अविजित रहँदै सार्वधिक ५७ रन बनाए । उनले २५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । यस्तै अंगक्रिश रधुवंशीले ४४, रहमनुल्लाह गुर्बाजले ३५, कप्तान अजिंक्य रहाणेले ३०, रिन्कु सिंहले अविजित १९ र सुनिल नारायणले ११ रन जोडे ।

राजस्थानका लागि जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले समान १ विकेट लिए ।

जितसँगै ११ खेलमा ११ अंक जोडेको कोलकाता छैटौं स्थानमा उक्लिएको छ । पराजित राजस्थान १२ खेलबाट ६ अंकका साथ आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *