महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ६-० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो। महिला सुपर लिगमा चेल्सीको यो लगातार पाँचौँ तथा समग्रमा सातौँ उपाधि हो ।

चेल्सीका लागि मायरा रामिरेजले दुई तथा जोहाना राइटिङ क्यानेरिड, स्जोक नुस्केन, मेलानी ल्युपोल्ज र फ्रान किर्बीले एक-एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै चेल्सीका रामिरेजले सुरुवाती गोल गरेका थिए । आठौँ मिनेटमा क्यानेरिडले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । टोलीको अग्रता दोब्बर बनाइन् ।

यस्तै, ४४औं मिनेटमा नुस्केनले गोल गर्दै ३-० को अग्रता दिलाउँदा पहिलो हाफको इन्जुरी समयमा रामिरेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-० गोलले अगाडि बढाए ।

यसैगरी, ल्युपोल्जले ४७औं तथा किर्बीले ८५औं मिनेटमा गोल गरेसँगै चेल्सी ६-० गोलले विजयी भयो ।

जितसँगै चेल्सीले २२ खेलबाट ५५ अंक जोड्यो। म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदा चेल्सी च्याम्पियन बनेको हो । पराजित युनाइटेड समान खेलबाट ३५ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *