आईपिएलमा आज दुई खेल हुँदै

२०८१, २९ चैत्र शनिबार ११:३३

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज दुई खेल हँदै छन् ।

पहिलो खेल नेपाली समय अनुसार ३:४५ बजेदेखि लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच खेल हुँदै छ भने दोस्रो खेल नेपाली समय अनुसार ७:४५ बजेदेखि सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबीच हुँदै छ । 

जारी आइपिएलमा गुजरात टाइटन्स ५ खेलमा ४ जित र एक हारका साथ ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । गुजरातले पञ्जाव किंग्सविरुद्धको खेल हारेको थियो भने मुम्बई इण्डियन्स, रोयल च्यालेन्जर्स बैंगलुरु, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सलाई पराजित गरेको थियो । 

त्यस्तै लखनउले भने यो सिजनमा अहिलेसम्म ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।  लखनउले कोलकोता नाइट राइडरस , मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो भने दिल्ली क्यापिटल्स र पञ्जाव किंग्ससँग हार बेहोरेको थियो । 

यस सिजनमा ४ खेल खेलेको पञ्जावले ३ जित र एक हार बेहोरेको छ । पञ्जावले राजस्थानविरुद्ध हार बेहोरेको थियो भने चेन्नई, लखनउ र गुजरातलाई पराजित गरेको थियो ।

त्यस्तै सनराइजर्स हैदरावादले भने अहिलेसम्म खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ । सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गरेको थियो भने गुजरात, कोलकोता, दिल्ली र लखनउसँग हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *