चेन्नई सुपर किंग्स लगातार पाँच खेलमा पराजित भएको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई कोलकातासँग पराजित भएको हो ।

ऋतुराज गायकवाड घाइते भएपछि चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए । उनको कप्तानीमा खेलेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्यो । कोलकाताले ८ विकेटको जित निकाल्यो ।

पहिले ब्याटिङ गरेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्दै १०३ रनमा समेटिएको थियो । शिबम दुबेले ३१ र विजय शंकरले २९ रन बनाए । अरू ब्याटर चलेनन् ।

कप्तान धोनी ४ बल खेलेर एक रनमै आउट हुन पुगे । रवीन्द्र जडेजा र दीपक हुडा शून्यमा आउट भए ।

बलिङतर्फ कोलकाताका सुनिल नारायणले तीन, हर्षित राना र वरूण चक्रवर्थीले समान २ तथा वैभव अरोरा र मोयन अलीले समान १ विकेट लिए ।

कोलकाताले १०४ रनको लक्ष्य १०.१ ओभरमा २ विकेटमात्रै गुमाएर पूरा गर्यो । त्यस क्रममा कप्तान अजिन्क्य रहाने र रिंकु सिंहले नट आउट क्रमशः २० र १५ रन बनाए ।

त्यसअघि ओपर सुनिल नारायणले १८ बलमा २ चौका र ५ छक्का हानेर ४४ रन बनाएका थिए । क्वीन्टन डीककले १६ बलमा तीन छक्का हानेर २३ रन जोडे ।

चेन्नईका अनसुल कमबोज र नुर अहमदले समान १ विकेट लिए ।

जितसँगै ६ खेलमा ६ अंक जोडेको कोलकाता अंकतालिकाको तेस्रो स्थानमा छ । पराजित चेन्नई समान खेलबाट २ अंकसहित नवौं स्थानमा छ।

चेन्नई यसअघि पञ्जाब, दिल्ली, राजस्थान र बेंग्लुरूसँग पराजित भएको थियो । मुम्बईविरूद्धको पहिलो खेलमा भने चेन्नईले ४ विकेटले जितेको थियो । त्यसयता लगातार पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *