नेपाल हङकङमा जारी चार देशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ ।
शनिबार हङकङविरुद्धको खेल बर्षाले पुरा हुन नसकेपछि दुवैले १-१ अंक बाँडेसँगै नेपाल फाइनलमा पुगेको हो ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो ।
यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउदा बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि खेल रद्ध भएको थियो ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
नेपाल र कुवेतवीचको फाइनल खेल आइतबार हुनेछ । त्यस्तै हङकङ र कतार तेस्रो स्थानको लागि आइतबारनै प्रतिस्पर्धा गर्नेछन् ।
