हङकङमा हुने चारदेशिय टी-२०आई क्रिकेट सिरिज खेल्न जानेनेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टोलीको बिदाइ गरेको हो । नेपालले बिहीबारदेखि कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।

तर, नेपाल क्रिकेट संघ (क्यान)ल नियुक्त गरिसकेको भनिएका मुख्य प्रशिक्षक स्टुअर्ट ल अझै नेपाल आइपुगेका छैनन् । त्यसैले नेपालले ९ देखि १३ अप्रिलसम्म हुने सिरिज उनीबिना नै खेल्ने भएको हो ।

नेपाली टिम भने पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन् । उनले पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टिम सम्हालेका थिए ।

सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शहाब आलम, नन्दन यादव, रिजन ढकाल र गुलशन झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *