नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।

एरिकाले ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

सन्‌ २०२३ मा‌ १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।

एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली हुन् । राष्ट्रिय च्याम्पियन रहेकी एरिकाले एसियाली खेलकुद यता भाग लिएका सबै राष्ट्रिय तथा प्रतियोगितामा पदक जितेकी थिइन् ।

अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ४ महिला खेलाडी सहभागी छन् । पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एरिका गुरुङ र ६१ केजीमुनि सविना श्रेष्ठ सहभागी भएका हुन् ।

प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *