साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि अल नासर क्लबले जित हासिल गरेको छ ।

नासरले शुक्रवार अंक तालिकाको दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-१ ले हरायो । किंगडम एरिनामा भएको खेलमा नासरका लागि अर्को गोल अलि अल हसनले गरे । हिलालको लागि अली अल बुलाहीले गोल फर्काए ।

पहिलो हाफको इन्ज्युरी समयमा हसनले नासरका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ४७औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै नासरको अग्रता दोब्बरको बनाए ।

६२औं मिनेटमा बुलाहीले हिलालको लागि गोल गर्दै खेललाई २-१ मा पुर्याए । ८८औं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नासरको जित पक्का गरे ।

नासर २६ खेलबाट ५४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । हिलालको समान खेलमा ५७ अंक छ । एक खेल कम खेलेको अल इत्तिहाद ६१ अंकसहित शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *