नेपाल क्रिकेट संघ (क्यान) ले दुर्गानन्द चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा उनलाई आज क्यानले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
उनीसँग क्रिकेट प्रशासन तथा विकासमा काम गरेको लामो अनुभव छ । उनको मनोनयनले नेपाली क्रिकेटको संरचना थप सुदृढ हुने क्यानले अपेक्षा गरेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले उनलाई खादा लगाएर स्वागत गरेका हुन् ।
