भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ ।
आज लखनउ सुपर जाइन्ट र पञ्चाव किंग्सबीच खेल हुँदै छ । लखनउस्थित अटलविहारी बाजपेयी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आईपिएलमा लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।
त्यस्तै, पञ्चाव किंग्सले पहिलो खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।
