नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टि-२० विश्वकप एसिया क्वालिफायरका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
बन्द प्रशिण मंगलबारदेखि सुरु गरिने क्यानले जनाएको छ । एसिया क्वालिफायर आगामी मेमा थाइल्यान्डमा हुनेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी:
इन्दु वर्मा (कप्तान), रुबिना छेत्री, बिन्दु रावल, एलिसा कुमारी यादव, साना प्रवीण, राजमती ऐरी, रोमा थापा, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषा कुमारी उपाध्याय, सबनम राई, सिमाना के सी, रचना कुमारी चौधरी, सम्झनाकुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता रानामगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, संगित राई, एलिसा खडिया ।

