टुसाल युथ क्लबले सहिद स्मारक‘बी’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टुसालले सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको हो । जारी लिगमा सरस्वतीको यो पहिलो हार हो ।
जितसँगै टुसालले ३ खेलमा ५ अंक जोडेको छ । टुसालले यसअघिका दुई खेल बराबरी खेलेको थियो । पहिलो पराजय बेहोरेको सरस्वतीको समान खेलबाट ६ अंक छ ।
खेलको पहिलो मिनेटमा नै कमल विश्वकर्माले गरेको गोल टुसाललाई जित दिलाउन पर्याप्त बन्यो । उनले देवराज तामाङको क्रसमा गोल गरेका हुन् ।
