सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार समाज कल्याण खेलकुद केन्द्रसँग गोलरहित बराबरीमा रोकिए पनि पुल्चोक स्पोर्टस क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।

यो नितजासँगै पुल्चोकले आठ खेलमा १६ अंक जोडेको छ । बागमती युवा क्लब र आरसी ३२ फुटबल क्लबसँग समान अंक भए पनि पुल्चोक गोल अन्तरमा अगाडि छ। समान खेलबाट १३ अंकका साथ समाज कल्याण पाँचौं स्थानमा छ

बिहीबार नै सम्पन्न पहिलो खेलमा सामाजिक युवा क्लबले रानीवन स्पोर्टस क्लबविरुद्ध ३-० को सहज जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *