सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार समाजिक युवा क्लबले रानीवन स्पोर्टस क्लबविरुद्ध ३-० को सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सामाजिकलाई जित दिलाउन बसन्तबहादुर राना र विकास दर्जीले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
जितसँगै आठ खेलमा ११ अंक जोडेको सामाजिक सातौं स्थानमा उक्लिएको छ । पराजित रानीवन समान खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ ।
खेलको २९औं मिनेटमा बसन्तको गोलमार्फत सामाजिकले अग्रता लिएको थियो । ५४औं मिनेटमा विकासले टोलीको अग्रता दोब्बर बनाए । उनले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
६९औं मिनेटमा किसन कठायतबाट आत्मघाती गोल हुन पुग्दा सामाजिकले ३-० को सहज जित दर्ता गर्यो ।
