क्रोएसियासँग फ्रान्स पराजित

२०८१, ७ चैत्र शुक्रबार १०:०१

युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा फ्रान्स क्रोएसियासँग पराजित भएको छ ।

बिहिवार क्रोएसियाले फ्रान्सलाई २-० ले हरायो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे ।

खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरे।

यि दुईबीचको दोस्रो लेगको खेल मार्च २४ मा फ्रान्समा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *